logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टी फुटाउन हतार गर्न नहुने खनाल–नेपाल पक्षको राय


अंकुरण खबर
754
Shares

नेकपा एमालेको खनाल–नेपाल पक्षले तत्काल पार्टी विभाजनमा जान नहुने बताएका छन् ।

बिहीबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा बोल्दै नेताहरुले तत्काल पार्टी फुटाउन हतार गर्न नहुने बताएका हुन् ।

वरिष्ठ नेता झलनाथ खनालले अझै केही समय ओलीविरुद्ध संघर्ष गर्नुपर्ने र पार्टी फुटाउन हातार गरिहाल्न नहुने बताएका हुन् । वार्तामा बसेका नेताहरुको ब्रिफिङ सुनेपछि नेता खनालले यस्तो धारणा राखेका हुन् । बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरूले पनि अझै नयाँ पार्टी गठनमा हतारो नगर्न नहुने सुझाव दिएको बताइएको छ । केही समय ‘केपी ओली प्रवृत्तिविरुद्ध’ पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्नेमा उनीहरले जोड दिएका छन् ।

पार्टीलाई जेठ २ मै फर्काउन पहल स्वरुप संस्थापन पक्षसँग वार्तामा बस्दै आउनुभएका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले वार्ताका बारेमा बैठकलाई ब्रिफिङ गरेका थिए ।

बैठकमा नेताहरूलाई ब्रिफिङ गर्दै नेता सुरेन्द्र पाण्डेले वार्ताबाट खासै उपलब्धी हासिल नभएको बताएका थिए । ओलीले आफू कमजोर भएका बेला संवादको कुरा गरेर अलमल्याउन कोसिस मात्र गरेको उनको दाबी थियो ।

भर्चुअल भेलामा करिब ९० जना केन्द्रीय सदस्यहरू सहभागी रहेको बताइएको छ ।