logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको गोकर्णेश्वरमा कुटपिट गरी हत्या, अभियुक्त पक्राउ


अंकुरण खबर
702
Shares

गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा कुटपिट गरी एक जनाको हत्या भएको छ ।

सोही नगरपालिका-१ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोकर्णेश्वर नगरपालिका-८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनील राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भएका थिए ।

प्रहरी बिट माकलवारी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा बुधबार नै मृत्यु भएको हो ।

कुटपिटमा संलग्न सुनीललाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।