logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजेट नसच्याए चुरे संरक्षणमा कदम चाल्ने प्रदेश २ सरकारको चेतावनी (विज्ञप्तिसहित)


अंकुरण खबर
1.3K
Shares

प्रदेश २ सरकारले संघीय सरकारद्वारा अध्यादेशमार्फत ल्याइएको बजेटमा समावेश गरिएको ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम सच्याउन आग्रह गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर बजेट वक्तव्यमा समेटिएको उक्त कार्यक्रम तुरुन्त संशोधन गर्न आग्रह गरेका हुन् ।

उक्त कार्यक्रम नसच्चिए प्रदेश २ ले चुरे संरक्षण तथा प्राकृतिक सम्पदाको रक्षाका लागि आवश्यक निर्णय लिने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

सरकारले चुरे दोहन हुनेगरी ल्याएको कार्यक्रमबारे आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवचका रूपमा रहेको र त्यहाँका जनता बाढीपहिरो, पानीलगायत समस्याबाट पीडित हुँदै आएको अवस्थामा चुरे दोहन हुने गरी सरकारले बजेटमा कार्यक्रम समावेश गरेकाले विरोध गर्नुपरेको स्पष्ट पारेका छन् ।

यस्तो रहेको छ विज्ञप्ति: