logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खानीखोला हाइड्रोपावरको शेयर कारोबार रोक्का


अंकुरण खबर
1.417K
Shares

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले खानीखोला हाइड्रोपावर कम्पनीको कारोबार रोक्का गरेको छ।

कम्पनीले लामो समयदेखि आफ्नो वित्तीय विवरण नबुझाएको भन्दै नेप्सेले कारबाही अगाडि बढाएको हो।

‘धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ को १ (क) मा भएको व्यवस्थाबमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरूले आफ्नो वित्तीय विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था छ।

पटक पटक नेप्सेले वित्तीय विवरण बुझाउन दिएको निर्देशनलाई अटेरी गरेको भन्दै सोही व्यवस्थाअनुसार कारबाही अगाडि बढाएको नेप्सेले जनाएको छ।