पछिल्लो २४ घण्टामा देशभरका ६ जिल्लामा नयाँ संक्रमित थपिएका छैनन् ।
संक्रमित नथपिएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, मुगु र बाजुरा छन् ।
त्यस्तै बझाङ, दार्चुला, हुम्ला डोल्पा, कालिकोट, बाग्लुङ र भोजपुरमा १/१ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ७ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५० भन्दा कम तथा १० जिल्लामा २ सयभन्दा कम रहेको छ ।