logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायती मिडियालाई कोरोनाबारेको समाचार सच्याउन नेपाली दूतावासको पत्र


अंकुरण खबर
741
Shares

बेलायतको लण्डनस्थित नेपाली दूतावासले बिहीबार ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ।

डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भेरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो।

समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा, डेल्टा भेरियन्ट फेला परेको दूतावासले जनाएको छ। यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसका साथै दूतावासले डेलीमेललाई पत्र पठाएर आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ।

विश्व स्वास्थ सङ्गठनले बिहीबार नै ट्वीटर गरेर सार्स–कोभ–२ को तीन किसिमका भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ। साथै नयाँ किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेको उल्लेख गरेको छ।