logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद विस्तारको तयारी, जसपाका ८ मन्त्री र दुई राज्यमन्त्री थपिने


अंकुरण खबर
754
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेरको तयारी गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । त्यसक्रममा केही मन्त्रीका जिम्मेवारी समेत हेरफेर हुनसक्ने बताइएको छ ।

जसपाको ठाकुर पक्षलाई आजै सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी भएको बताइएको छ । यसबारेमा अहिले प्रधानमन्त्री ओलीले पार्टीका मुख्य नेताहरुसँग छलफल गर्दैछन्।

जसपा ८ मन्त्रालयसहित सरकारमा सामेल हुँदैछ । जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन् । आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।

यसअघि विहीवार राति बालुवाटारमा अबेरसम्म जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच वार्ता भएको थियो ।