साताको अन्तिम कारोबारका दिन आज सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबार छापावाला सुन तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा समेत ३५ रुपैयाँले गिरावट आएको छ । बिहीबार बजारमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ३४० रुपैयाँमा झरेको छ ।