logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि नेपाल पक्षको भर्चुअल बैठकको निरन्तरता


अंकुरण खबर
819
Shares

बिहीवारबाट शुरु भएको नेकपा एमाले माधवकुमार नेपाल पक्षको भर्चुअल बैठक आज पनि शुरु भएको छ ।

पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि बोलाइएको बैठक केहिबेर अघिबाट शुरु भएको एक नेताले जानकारी दिए ।

बिहीवार (हिजो) बसेको बैठकमा सबै केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेको थिए । आजको बैठकमा बाँकी रहेका नेताहरु र नेता नेपालले आफ्नो धारणा राखेर बैठक टुङ्ग्याउने तयारी रहेको ती नेताले जानकारी दिए ।

हिजोको भेलामा कतिपय केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने तर्क व्यक्त गरेका थिए ।

पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला दोस्रो तहका नेताहरु भने विवाद समाधानका लागि छलफलमा जुटेका छन् ।