logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली–ठाकुरबीच आज भेटवार्ता : सत्ता सहकार्यबारे छलफल हुने


अंकुरण खबर
793
Shares

प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर बीच आज (शुक्रबार) दिउँसो भेटवार्ता हुँदैछ।

जसपाका ठाकुर पक्षभित्र सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति भइसकेको छ । ठाकुर पक्ष आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा  सहभागी हुने तयारीमा छ।

ठाकुर पक्षलाई आठ मन्त्रालयसिहत १० मन्त्री दिन प्रधानमन्त्री ओली पनि तयार भइसकेको जनाइएको छ ।

सोही विषयलाई अन्तिम रूप दिन आज भेटघाट हुन लागेको बालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटघाटले सकारात्मक निष्कर्ष निकाले आजै मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्ने तयारी रहेको बताइएको छ।

गत ६ जेठमा सर्वोच्च अदालतले माओवादी पृष्ठभूमिका सात मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज नगर्न आदेश दिएको थियो। त्यसयता ओलीले ती मन्त्रालयको जिम्मा आफैंले लिएका छन्।

‘सत्ता साझेदारीका सन्दर्भमा ठाकुर पक्ष प्रधानमन्त्री ओलीसँग निकट रहँदै आएको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने त्यसको विरोध गर्दै आएको छ। जसले गर्दा उत्पन्न विवादले जसपालाई फुटको संघारमा पुर्याएको छ।