कर्णाली प्रदेशसभाको आठौँ (वर्षे)अधिवेशन बोलाइएको छ ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अधिवेशन यहि जेष्ठ २४ का लागि आव्हान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम यहीँ जेष्ठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुनेछ ।
हिजो (बिहीबार) बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको गरेको थियो । भने प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको छ ।
सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
