logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

डोटीमा थपियो चौथो पटक निषेधाज्ञा


अंकुरण खबर
741
Shares

डोटी जिल्लामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरिएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय डोटीले कोभिड–१९ को सङ्क्रमण दर अझै कम हुन नसकेको भन्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो ।

डोटीमा निषेधाज्ञाको समय थप गरिएको यो चौथो पटक हो । बैशाख २१ गते राति १२ बजेदेखि लागु भएको निषेधाज्ञा जिल्लामा जारी छ ।

आदेशको उलंघन गर्ने, औषधि, औषधीजन्य सामग्री, अत्याआवश्यक उपभोग्य वस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्य बृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।

योभन्दा अगाडि थपिएको निषेधाज्ञाको समय जेठ २२ गते राति १२ बजे सकिँदै छ ।