प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेकाहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग बालुवाटारमा शुक्रबार तीन घण्टा लामो वार्ता गरेपछि जसपाका नेताहरु मन्त्री र राज्यमन्त्रीको नाम टिपाएर बालुवाटारबाट फर्किएका छन् ।
‘आजको छलफलपछि सबै विषय टुंगिएको हो’, एक नेताले भने । जसपाले माओवादी केन्द्रले लिएको मन्त्रालय पाउने गरी यसअघि नै सहमति भएको थियो । जसअनुसार ८ मन्त्री र दुई राज्यमन्त्री ठाकुर-महतो पक्षले पाउने छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।
एमालेका एक नेताले आजै साँझ ६ बजे जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले सपथ लिन लागेको बताए ।