नेकपा एमालेका झलनाथ खनाल-माधव कुमार नेपालले आफू पक्षीय स्थायी कमिटी बैठक डाकेका छन् ।
संस्थापन पक्षले साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको अवस्थामा वर्तमान राजनीतिक अवस्था आगामी रणनीति तय गर्न आज दिउँसो १ बजे बैठक डाकिएको जनाइएको छ ।
झलनाथ-माधव पक्षका केन्द्रीय सदस्यहरुको विहीबार र शुक्रबार भएको भर्चुअल मिटिङले पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद निरन्तर जारी राख्दै वार्ता गर्न र यदि अध्यक्ष ओलीबाट एकताको लागि सकारात्मक व्यावहार नआए पार्टी बेग्लै हुनुपर्ने निष्कर्ष निकालेको थियो । निश्चित समयमा पनि पार्टी एक नभए वारपार गरेर अघि बढ्न केन्द्रीय समितिले दिएकोे सुझाव अनुसार कसरी अगाडी बढ्ने आजको बैठकमा छलफल हुने छ ।
माधव कुमार नेपाल लगाएतका केही नेताहरु ओलीसंग मिल्ने संभावनाको ढोका बन्द भएकाले अर्को पार्टी खोलेर अगाडी बढ्नुपर्ने अडानमा छन् भने, योगेश भट्टराई, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगाएतका केही नेता सम्भव भएसम्म एकता गरेर अघि बढ्नु पर्नेमा जोड दिदै आएका छन् ।