नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु पार्टीमा टिकीरहन पटक-पटक मन्त्रिमण्डल हेरफेर गरेको आरोप लगाएका छ ।
शनिवार सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता रावलले जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरिनु लोकतन्त्र र संविधानविपरीत रहेको प्रतिक्रिया दिएका छन्।
उनले लेखेका छन्, ‘ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ,’।
लोकतन्त्रको रक्षाका लागि सबै न्यायप्रेमी नागरिक एकजुट भएर अगाडी बढ्न पनि नेता रावलले आग्रह गरेका छन् ।
