logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय एकताप्रति प्रतिवद्ध छु, आफ्नो भनाई बंग्याएर गलत अर्थ लगाइयो : उपप्रधानमन्त्री महतो


अंकुरण खबर
1.248K
Shares

उप-प्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले आफु राष्ट्रिय एकतामा प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

मन्त्रालयको जिम्मेवारी समाले लगतै शुक्रबार र शनिवार मन्त्री महतोले नेपालमा बहुल राज्य हुनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्तिको चौतर्फी बिरोध भए पछि मन्त्री महतले आफु राष्ट्रिय एकतामा प्रतिवद्ध रहेको भन्न खाजे पनि बंग्याइएर गलत अर्थ लगाइएको जीकिर गरेका छन् ।

उनले वर्तमान संविधानमा रहेका केही कुरामा आफूहरू असन्तुष्ट रहेकोले त्यस्ता बुँदा संशोधन गर्नु पर्ने आफ्नो माग रहेको बताएका छन् ।

महतोको भनाइलाई लिएर विपक्षी गठबन्धनका साथै एमालेकै खनाल नेपाल समुहले विज्ञप्ती जारी गर्दै विरोध जनाएका थिए । विभिन्न विद्यार्थी संगठनहरुले महतोको पुत्ला दहन समेत गरेका थिए ।