बाँकेमा थप चारजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको हो ।
बाँसगढी नगरपालिका–८ बर्दिया निवासी ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दिया निवासी ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँके निवासी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला
कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
योसँगै बाँकेमा मृत्यु हुनेको संख्या ६१५ पुगेको छ । जसमध्ये जिल्ला बाहिरका ३१३ र जिल्लाकै ३०२ जना रहेका छन् ।