लामो समय देखिको निषेधाज्ञाका कारण दैनिक जीवन यापनमा समस्या भएको भन्दै रुपन्देहीमा विरोध प्रदर्शन भएको छ ।
शनिवार लुम्बिनीको खुनगाईमा केही युवाहरुले कोरोना महामारी केही होईन, प्रहरी प्रशासन मुर्दाबाद, निषेधाज्ञा मान्दैनौ भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उक्त समुहले आइतवार सबै बजार खुलाउने भन्दै स्थानियहरुलाई बजार खोल्न सार्वजनिक रुपमा आग्रह समेत गरेका थिए ।
सडकमा नाराबाजी तथा टायर बालेर बिरोध गर्ने दुईजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
निषेधाज्ञाको उलंघन गर्न सार्वजनिक रुपमा अपिल गर्ने उक्त समुहका मुख्य नाईके अर्जुन कुर्मि सहित दुईजनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । पक्राउ परेका दुई जनालाई संक्रामक रोग ऐन २०२० अनुसार एक महिना जेल हुने बताईएको छ ।
रुपन्देहीमा आगामी जेठ ३१ गते सम्म निषेधाज्ञा छ ।