logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा कांग्रेसका दुई मन्त्री नियुक्त, दिउँसो २ बजे शपथ


अंकुरण खबर
1.417K
Shares

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लाका दीनबन्धु श्रेष्ठ र सुर्खेतका यज्ञबहादुर बीसीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ जलस्रोत तथा ऊर्जा विकास र बीसी सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्रीको शपथ दिउँसो २ बजे तोकिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए ।