logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ


अंकुरण खबर
1.833K
Shares

कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-३ शिवनगर टोल बस्ने २४ वर्षीय नबिन सुनारलाई शनिवार प्रहरीले पक्राउ गरेको हो ।

सुनारले ती किशोरीलाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।