नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार एकै दिन दुई नयाँ रेकर्ड कायम भएको छ ।
नेप्सेले आज हालसम्मकै उच्च कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
आज नेप्से ५०.१४ अंकले बढेर दुई हजार नौ सय ६ दशमलब ९१ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ जेठ २० गते बिहिबार नेप्से दुई हजार आठ सय ७५ दशमलब ९७ विन्दुमा पुगेका थियो ।
त्यस्तै, आज १७ अर्ब २७ करोड १७ लाख बराबरको कारोबार भएको छ । यो हालसम्मै उच्च कारोबार हो । यसअघि २०७८ जेठ १६ गते आइतबार १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।