logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ३४७९ जना संक्रमित थपिँदा ६ हजार बढी निको भए, ९९ जनाको मृत्यु


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३२६२ एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ एन्टीजेटमार्फत ४५५ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो समय देशभर संक्रमितको संख्या घट्दै गइरहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८९२१७ छ । तीमध्ये अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ ।

आज ६ हजार ६३६ जना संक्रमित निको भएका छन् । यस्तै आज देशभर ९९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।