नुवाकोटमा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा दुई महिला र एक पुरुष गरी जिल्लामा मृत्यु हुने संख्या ३ पुगेको हो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।
मृत्यु हुनेमा होम आइसोलेसनमा रहेकी दुप्चेश्वरगाउँपालिका–२ की ३६ वर्षीया एक महिला, विदुरनगरपालिका–४ की ३२ वर्षीया महिला र ककनी गाउँपालिका–४ का ६० वर्षीय पुरुषको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा अहिले ९ सय ४० जना सक्रिय संक्रमित छन् ।