logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरमा ६० देखि ६४ वर्ष उमेरका व्यक्तिलाई भेरोसेलको पहिलो डोज दिइँदै


अंकुरण खबर
806
Shares

काठमाडौं महानगरपालिकाभित्र कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

मंगलबारबाट सुरु हुने खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई समेटिने छ । यही जेठ २९ गतेसम्म भेरोसेलको पहिलो डोज लगाइने महानगरपालिकाले जनाएको हो ।

खोप लगाउने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ । आफूलाई पायक पर्ने वडा कार्यालयमा गएर खोप लगाउन सकिनेछ । खोप लगाउनका लागि उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।

भेरोसेलको पहिलो डोज लगाइसकेकालाई अहिले तत्काल दोस्रो डोज दिइने छैन । कोरोना संक्रमण भएका व्यक्तिले एक महिना पूरा भएपछि मात्रै यो खोप लगाउन पाउने महानगरले जनाएको छ ।