सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि विश्वासको मत लिने भएका छन् ।
शुक्रवार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए । तर एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई विश्वासै रहेको बताए पनि प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो ।
सोही विवादपछि मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ ।
विश्वासको मत लिनका लागि भोलि बिहान ९ बजेका लागि समय तोकिने तयारीमा रहेको नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए ।