logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोकर्णेश्वरमा जेष्ठ नागरिकलाई मंगलवार खोप लगाइने


अंकुरण खबर
1.911K
Shares

गोकर्णेश्वर नगरपालिकामा भोलिदेखि भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

नगरपालिकाले तोकिएका खोप केन्द्रमा गएर खोप लगाउन नगरवासीलाई आग्रह गरेको छ । ६० देखि ६४ वर्ष उमेरका नागरिकले भोलि २५ गते मंगलबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार गोकर्णको सहयोगी माध्यमिक विद्यालय र चामुण्डा माध्यमिक विद्यालय नारायणटारमा खोपकेन्द्र तोकिएको छ ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाण पत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।