logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल समूहको स्थायी समिति बैठक सकियो, अदालतबाट हस्ताक्षर फिर्ता नलिने निर्णय


अंकुरण खबर
793
Shares

नेकपा (एमाले)को माधव नेपाल समूहको स्थायी समिति बैठक सम्पन्न भएको छ।

बैठकले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री सिफारिसका लागि गरिएको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ।

नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले नै प्रतिनिधि सभा विघठनको निर्णय फिर्ता लिनु पर्ने सर्त अघि सारेको छ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यसअघि आइतबार एमालेको एकता जोगाउनका लागि आफू लचक बन्न तयार रहेको बताउँदै ६ बुँदे प्रस्ताव अघि सारेका थिए।

जसमा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै गरिएका एमाले सांसदका हस्ताक्षर फिर्ता लिन माग गरेका थिए।

त्यसको जवाफमा नेपाल समूहले प्रधानमन्त्री ओलीलाई नै संसद विघटनको निर्णय फिर्ता लिन सर्त अघि सारेको हो।