logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइँदै


अंकुरण खबर
949
Shares

रुपन्देहीमा कोभिड-१९ विरुद्धको ‘भेरोसेल’ खोप मंगलबारदेखि लगाइँदै छ ।

६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार २ सय ५५ जनालाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालयको भनाइ छ ।

तेस्रो चरणमा चीनबाट आएको भेरोसेल खोप मंगलबारदेखि लगाउन थालिएको हो । जिल्लाभरका ६९ वटा खोप केन्द्रबाट कोभिडविरुद्धको खोप लगाइने छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जिल्लाका सबै पालिकामा गरी ६९ वटा केन्द्रबाट खोप लगाइने र नागरिकता, उमेर खुल्ने कागजात वा वडाको सिफारिस लिएर आउनुपर्ने बताए ।

यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाइकर्मी, सञ्चारकर्मी लगायतलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

दोस्रो चरणमा ६५ वर्ष माथिकाले लगाएका थिए । यद्यपि उक्त खोपको दोस्रो डोज खोप अझै लगाउन पाएका छैनन् ।