कोरोना भाइरसको दोस्रो लहरको संक्रमणबाट सबै भन्दा बढी प्रभावित बनेको भारतमा अहिले दुई महिना यतामै कम संक्रमित भएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ८७ हजार ३४५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार ९४९ पुगेको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ११५ संक्रमितको मृत्यु भएको छ । योसम्म गरि भारतमा कोरोना संक्रमितको कुल मृतक संख्या ३ लाख ५१ हजार ३४४ पुगेको छ
डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएका थिए ।