आजदेखि नागार्जुन नगरपालिकामा चाइनिज भेरोसेल पहिलो मात्रा लगाइनेछ ।
नगरपालिकाका विभिन्न स्थानमा खोप केन्द्र राखी ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाइ खोप लगाइने छ ।
नगरपालिका भित्रका नाम्ग्याल स्कुल, इलाइट बोर्डीङ्ग स्कुल , रत्नराज्य मा.बी सूच्याटार स्वास्थ चौकीमा २९ गतेसम्म बिहान १० बजेदेखी ५ बजेसम्म खोप संचालन हुने छ ।
कोरोना भाइरसको संक्रमणले आक्रान्त पारेको बेला तोकिएको उमेरका सबै व्यक्तिलाई खोप लिन नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ । खोप लगाउनको लागि आफ्नो उमेर प्रमाणित हुने परिचयपत्र लिएर जानुपर्ने छ ।