काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा एकजनाको शव फेला परेको छ ।
बोरामा पोको पारेर फालेको अवस्थामा शव फेला परेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार पोको पारेर फालेको अवस्थामा शव फेला परेको सूचनापछी प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।
शव महिला वा पुरूष कसको भन्ने केही खुलेको छैन । शवको पूर्ण भाग घटनास्थलमा नभेटिएको प्रहरीले जनाएको छ । हत्या गरेर शव फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
अनुसन्धानका लागि अहिले तालिम प्राप्त कुकुर लिएर प्रहरी घटना स्थलमा पुगेको छ ।