logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै, सुरु भयो मतदान


अंकुरण खबर
754
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लिने विश्वासको मतका लागि मतदान सुरु भएको छ।

आज बिहान ९ बजे विश्वासको मत लिने भनिएको भए पनि केहीबेर ढिला गरी मतदान सुरु भएको हो।

सोमबार नै विश्वासको मत लिने तयारी भए पनि नियम अनुसार समय नपुगेकाले आजका लागि सारिएको थियो।

नेकपा एमाले स्थायी कमिटीले जेठ १० गते नै सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, जेठ १२ गते बसेको नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई रहेको समर्थन कायम राख्ने निर्णय गरेको थियो।

केही दिनअघि मात्रै एमाले र माओवादीका तर्फबाट सरकारमा मन्त्रीसमेत थपिएका छन्। नेकपा एमाले भित्रको केपी ओली समूहले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको बताउँदै आएको छ भने माधवकुमार नेपाल समूहले समर्थन कायमै रहेको भन्दै मन्त्रीसमेत थपेको छ।

हाल सभामुखसहित ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ।