logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जर्मन सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण


अंकुरण खबर
676
Shares

जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको छ ।

विमान स्थलमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

नेपालले जर्मन सरकारबाट ६२ वटा भेन्टिलेटर, २७ हजार ५ सय एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, एक सय गम बुट, दुई सय बडी ब्याग, पाँच वटा आइसोलेशन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पाएको हो ।

केही सामग्रीहरू अझै आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।