logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्ल्यूएचओले भन्यो : कोरोना उत्पत्तिबारे चीनलाई थप दबाब दिन सकिदैन


अंकुरण खबर
715
Shares

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का वरिष्ठ अधिकारीले चीनलाई कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने बताएका छन् ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिन कुनै पनि अधिकार नरहेको बताएका हुन् ।

‘हामी आफ्ना सदस्य मुलुकबाट पूर्णरुपमा सहकार्य, निवेश र सहयोगको अपेक्षा गर्छौं’, रयानले भने । अझै पनि कोरोना भाइस जनावरबाट मानिसमा आएको वा प्रयोगशालाबाट निस्किएको हो भन्ने टुङ्गो लागिसकेको छैन ।

विशेषगरी चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको विवाद पछिल्लो समय चर्चामा छ । धेरै वैज्ञानिकहरुले कोरोनाको उत्पत्तिको विषयमा पूर्णरुपमा अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । चीनले भने प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण बाहिरिएको आरोप अस्वीकार गर्दै आएको छ ।

यस वर्षको सुरुआतमा डब्ल्यूएचओका वैज्ञानिकहरुको टोलीले चीनको भ्रमण गरेका थिए । यद्यपि उनीहरुले कोरोनाको उत्पत्तिबारे अनुसन्धानको लागि सबै डेटाहरुमा आफूहरुलाई पहुँच नदिइएको आरोप लगाएका थिए ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना चीनको प्रयोगशालाबाट नै बाहिरिएको दाबी गरेका थिए । उनका विदेशमन्त्री माइक पोम्पेओले पनि आफूहरुसँग चीनको प्रयोगशालाबाट कोरोना बाहिरिएको प्रमाण आफूहरुसँग भएको बताउने गरेका थिए । एजेन्सी