नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ।
अघिल्लो दिनभन्दा ५३.४४ अङ्क अर्थात् १.८४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २९६०.१४ अङ्कमा आज बजार बन्द भएको हो।
आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९६०.२८५७ र कममा २९२५.४८८७ पुगेको थियो। आज नेप्सेमा ३५६३९५५१ कित्ता सेयर १६ अर्ब ९१ करोड बढी रुपैयाँमा किनबेच भए। नेप्सेमा सूचिकृत कूल २१८ कम्पनीको सेयर किनबेच भएको हो।
आज नेप्सेमा ३६ कम्पनीका लगानीकर्ताले धेरै कमाए। गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो।
यी ८ ओटै कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो। यी कम्पनी बोहक अधिकांश विकास बैंक र वित्त कम्पनीहरुको शेयरमूल्य बढेको छ।