logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना पोजेटिभ, ६५७० जना कोरोना मुक्त


अंकुरण खबर
689
Shares

पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३  जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५  जनाको पिसिआर र  ५ हजार ६११  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ८७०  जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।

आज ६ हजार ५७० जना संक्रमित निको भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ।