logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा निषेधाज्ञा : असारबाट मोडालिटी परिवर्तन गर्ने तयारी


अंकुरण खबर
546
Shares

कोरोना महामारी रोक्न सरकारले पछिल्लो समय जारी गरेको निषेधाज्ञा यहि जेठ ३१ गते सकिदैछ ।

निषेधाज्ञाको अवधि सकिनै लाग्दै सरकारले असारबाट निषेधाज्ञा केहि खुकुलो बनाउने तयारी गरेको छ । उपत्यकामा निषेधाज्ञाले जनजीवन थप प्रभावित हुने भन्दै मोडालिटी परिवर्तन गर्ने तयारी गरिएको हो ।

सवारी साधन पनि जोर बिजोरमा सञ्चालन गर्नेबारे छलफल भइरहेको अधिकारीहरुले बताएका छन् ।

एकैपटक खोल्दा स्थिति भयावह हुनेतर्फ सचेत हुँदै मोडालिटीमा परिवर्तन गर्न लागिएको काठमाडौंका सिडिओ कालीप्रसाल पराजुली जानकारी दिए ।

यसबारे काठमाडौंका ३ वटै जिल्लाका सिडिओहरुले स्वास्थ्यमन्त्रालयसँगको पराशर्मपछि निर्णय लिनेछन् ।