logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर मौसम बदली हुने, पाँच प्रदेशमा वर्षाको सम्भावना


अंकुरण खबर
897
Shares

पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभरको मौसममा बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच वटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाको महाशाखाले जनाएको छ।

आज बिहानदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्टयाङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।