logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा आजबाट भेरोसेल खोप लगाइँदै


अंकुरण खबर
1.144K
Shares

मकवानपुरको दश स्थानीय तहमा आजबाट कोभिड-१९ विरुद्धको चिनियाँ खोप (भेरोसेल) लगाइँदैछ ।

जिल्लाका ६ हजार जनालाई खोप लगाउने स्वास्थ्य कार्यालय मकवापनुरका प्रमुख प्रणय उपाध्यायले बताए ।

जिल्लाका ६२ वर्षदेखि ६४ वर्षसम्म उमेर समूहका नागरिकले भेरोसेल खोपको पहिलो डोज प्राप्त गर्नेछन् । मकवानपुरको बागमती गाउँपालिकाले भने मंगलबारबाट खोप लगाउन सुरु गरेको छ ।

अन्यत्र भेरोसेलको पहिलो डोज लगाइसकेकाले भने जिल्लामै दोस्रो डोज लगाउन पाउने प्रमुख उपाध्यायले जानकारी दिए ।

यसअघि मकवानपुरमा भारतीय खोप (कोभिशिल्ड) २१ हजार ४ सय ३ जनाले लगाएका थिए । उनीहरुमध्ये ६ हजार २ सय ४१ जनाले कोभिशिल्डको दोस्रो डोज लगाइसकेका छन् ।