logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वी चितवनमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा घाइते


अंकुरण खबर
1.3K
Shares

पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल गएराती कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगरको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतक र घाइते आमा छोरा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।