logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि साताको एक दिन श्रम स्वीकृति दिइने


अंकुरण खबर
1.131K
Shares

आजदेखि हरेक बुधबार श्रम स्वीकृति लिन पाइने भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताको एक दिन श्रम स्वीकृति दिने निर्णय गरेसँगै आजबाट हरेक बुधबार श्रम स्वीकृति दिने व्यवस्था गरिएको हो ।

कोरोनाको दोस्रो लहरका कारण संक्रमितको संख्या बढेसँगै कार्यालयले भौतिक रुपमा उपस्थित भएर दिने सेवा बन्द गरेको थियो भने यसबीचमा अनलाईनमार्फत श्रम स्वीकृतिको व्यवस्था गरिएको थियो ।

वैदेशिक रोजगार व्यवसायीले श्रम गन्तव्य मुलकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै आएको थियो ।

व्यवसायीहरुले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न विभागको ध्यानाकर्षण गराएसँगै यसको व्यवस्था गरिएको हो ।