logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतितोला एक सय रुपैयाँले बढ्यो सुनको मूल्य


अंकुरण खबर
819
Shares

नेपाली बजारमा बुधबार सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन आज प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदी भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।