logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३८ वर्षदेखि फरार अभियुक्त पक्राउ


अंकुरण खबर
2.457K
Shares

कञ्चपनुरमा बन्दुक, बञ्चरोलगायत हतियार देखाएर लुटपाटका एक अभियुक्तलाई प्रहरीले ३८ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–३ का ५५ वर्षीय लालबहादुर लुकार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा रकम जम्मा गर्न जाने क्रममा लारी डिस्टीलरीका कर्मचारीलाई लुहारले २०४० साल पुस १० गते जंगलमा लुटपाट गरेको अभियोग थियो।

प्रहरीले उनलाई घरबाट नै पक्राउ गरेको हो । अदालतले लुहारलाई तीन वर्ष एक महिना १५ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेसँगै उनी जेल चलान भइसकेका छन् ।