लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विजयी भएका दृगनारायण पाण्डेयले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई शपथ खुवाएका हुन् । दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा उनले आज ११ बजे शपथ लिएका हुन् ।
गत जेठ १७ गते भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै कांग्रेसका पाण्डेय राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।