logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलामी गएका तीन युवा बुढीगण्डकीमा बेपत्ता


अंकुरण खबर
3.536K
Shares

धादिङको मैदीमा मलामी गएका तीन युवा बुढीगण्डकीमा बगेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार मलामी गएका उनीहरू गर्मी भएपछि नुहाउन नदीमा पसेका थिए। नुहाउने क्रममै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नुहाउन नदीमा गएका चार जना बगेका थिए। उनीहरूमध्ये एक जना बाहिर आउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले बताए।

प्रवक्ता भण्डारीका अनुसार, ज्वालामुखी गाउँपालिका–२ ठूलो चौरका २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली बेपत्ता भएका छन्। उनीहरूको खोजी जारी रहेको भण्डारीले बताए।