logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक आदेश भएन, असार ९ बाट सुनुवाइ हुने


अंकुरण खबर
1.183K
Shares

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा कारण देखाउ आदेश दिएको छ।

बुधबार बसेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथग्रहण गराउन परमादेश तथा अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले निवेदकको माग बमोजिम कारण देखाउ आदेश दिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिनिधि सभाका बहुमत सदस्यले हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेको लगायत ३० मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।

करीव दुई साता इजलास गठनको विवादमै अल्झिएको मुद्दा बुधबारबाट सुनुवाइमा गएको हो । यी मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ।