logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

असारबाट आन्तरिक उडान खुलाउन वायुसेवा सञ्चालक संघको माग


अंकुरण खबर
1.417K
Shares

नेपाल वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक हवाई उडान खुलाउन माग गरेको छ ।

सरकारले असारबाट निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिरहँदा संघले सरकारसँग हवाई उडान खुलाउन माग गरेको हो ।

कोरोनाको महामारीसँग जुधिरहेका धेरै देशमा समेत आन्तरिक उडान खुला राखिएको तर्फ संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले असार १ गतेदेखि आन्तरिक उडान खुला गर्न माग गरेको हो ।