पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन् ।
योसँगै हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । आज देशभर ८० हजार ३३६ सक्रिय संक्रमित छन् ।
आज ५ हजार ७४८ जना संक्रमित निको भएका छन् । निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।