प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सामेल गराएर मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।
कांग्रेसलाई ३ वटा मन्त्रालय र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री राउतले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । स्रोतका अनुसार थपिएका मन्त्रीहरुको शपथ आजै (बुधबार) साँझ साढे ७ बजे हुनेछ ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसको तर्फबाट रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाइ र वीरेन्द्र सिहंलाई सञ्चार मन्त्रालय दिने सहमति भएको छ ।
यस्तै, माओवादी केन्द्रलाई दुईवटा मन्त्रालय दिने सहमति भएको बताइएको छ । माओवादी केन्द्रबाट सरकारमा भरतप्रसाद साह र जगत यादव सहभागी हुने स्रोतको दाबी छ ।