logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेसको महाधिवेशन भदौमै हुन्छ, यसमा म पूर्ण प्रतिवद्ध छु : देउवा


अंकुरण खबर
845
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदोमै काँग्रेसको महाधिवेशन हुने स्पष्ट पारेका छन् ।

बुधबार विज्ञप्तिमा जारी गर्दै देउवाले आफू पार्टीको १४ औं महाधिवेशन भदौ भित्रै सम्पन्न गर्न पूर्ण प्रतिवद्ध भएर लागेको स्पस्ट पारेका छन् ।

‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भदौ महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु, २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु,’ देउवाले विज्ञप्तिमा भनेका छन् ।

कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्तिप्रति देउवाले आपत्ति समेत जनाएका छन् ।